• २०८१ मङ्सिर २२ गते शनिवार

सुनको मुल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, काठमाडौं । सुनको मुल्य आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १६ सय रुपैयाँले बढेर एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ४९ हजार ३ सय रुपैयाँ भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस