कात्तिक १३, काठमाडौं । आज धनतेरसको दिन सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो मुल्य अहिलेसम्मकै उच्च हो । यसअघि अस्ति गएको आइतवार सुन तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर ताेलाकाे दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।