• २०८१ असार ९ गते शनिवार

ललितपुरमा जर्मन महिला मृत फेला, फरेन्सिक टोलीले अनुसन्धान गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं ।  ललितपुरमा एक जर्मन नागरिक मृत फेला परेकी छन् । ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा बस्दै आएकी जर्मन नागरिक एडि इल एचइडी मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।

उनी दुई वर्षदेखि त्यहाँ एक्लै बस्दै आएकी थिइन् ।

मृतक महिलाको टाउकोमा चोट देखिएको छ । अहिले फरेन्सिकको टोली ल्याएर थप अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस