पुस १३, काठमाडौं । विदेशमा कमाएको रकम आईएमई गर्दा एक करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आईएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आईएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मी टोलमै पुगेर ग्लोवल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक बुझेपछि प्रमिलाले आईएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबाआमाका लागि घर बनाइदिने योजना बनाएको बताउनु भयो ।
गएको असोजमा आईएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाण्डौमा सार्वजनिक गरेको लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल हुनुभएको थियो ।
आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गएको वर्ष सञ्चालन गरेको ‘ आईएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको कम्पनीले जनाएको छ ।
आईएमईले एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम– आईएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले एक करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो ।
आईएमई गरी आईएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी थिए ।