• २०८२ बैशाख ४ गते बिहिवार

श्रीमति हत्या अभियोगमा बलराम थारु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, कञ्चनपुर। आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको हत्या गरेको अभियोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका– १८, सालघारी बस्ने ३४ वर्षीय बलराम थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस