• २०८१ बैशाख ४ गते मङ्गलवार

एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, उदयपुर । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । बिहीबार राति भएको निर्वाचनबाट राउत जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

राउतले ३४४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी परमेश्वर घिमिरेले २३० मत ल्याए । घिमिरे निवर्तमान जिल्ला अध्यक्ष हुन् । यस्तै उपाध्यक्षमा कालुमान लामा १९२ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित भएका लामा एमालेको तत्कालीन जिल्ला सचिव तथा हाल चौदण्डीगढी नगरपालिकाका मेयर हुन् ।

सचिवमा टेक बहादुर राउतले १९१ मत ल्याएर निर्वाचित हुँदा शम्भु पौडेलले १८३ र प्रतिद्वन्द्वी भने महेश रोकाले १४० मत ल्याएका छन् ।उपसचिवमा हेम खड्काले १९४ मत ल्याएर निर्वाचित भएका छन् । खुल्ला उपसचिवमा ५ जनाको उम्मेदवारी रहेको थियो । जस मध्ये जीवनाथ दाहाल १०८ मत, मन्दिप राइ ९३, दुर्गानन्द चौधरी ५३ र धर्मबहादुर तामाङले ४६ मत ल्याए ।

महिला उपसचिवमा भने दुई जना उपमेयरलाई पछि पार्दै गंगा राई निर्वाचित भएकी छन् । राईले २६० मत पाउँदा गीता खड्काले १२५ र महेश्वरी राईले १४९ मत ल्याइन् । खड्का कटारी र राई त्रियुगा नगरपालिकाकी हालका उपमेयर हुन् ।

प्रतिक्रिया दिनुहोस