• २०८१ जेष्ठ ३१ गते बिहिवार

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज टियु मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ।

अहिलेसम्म पीएम कपमा त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अङ्क हासिल गरेर चौथो स्थानमा रहेको छ भने कर्णाली प्रदेश ७ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा रहेको छ।

त्यस्तै, लुम्बिनी प्रदेशले आफ्ना ६ खेलमा एक जित र ५ हार बेहोरेर नवौँ स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ८ खेलमा १० अङ्कसहित तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस