• २०८१ बैशाख ४ गते मङ्गलवार

मुगुमा जीप दुर्घटना : दुई जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १४, मुगु । मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सडकबाट करिब सय मिटर बढी तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

घाइते एक जनाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पताल पुर्याइएको छ । दुर्घटनाको कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस