फागुन १५, काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले नेपाललाई २० रनले हराएको हो ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र जोड्न सक्यो ।
नेपाललाई जितका लागि अन्तिम दुई ओभरमा २४ रन आवश्यक थियो । नेपाल १८३–८ को स्थितिमा हुँदा नामिबियाका कप्तान जेजे स्मिथले १९औँ ओभर बलिङका लागि रुबेल ट्रम्पेलमेनलाई बल थमाएका थिए । ट्रम्पेलमको पहिलो तीन बलमा नेपाली ब्याटरले समान एक रन जोडेका थिए । तर, ट्रम्पेलमनले चौथो र पाँचौँ बलमा लगातार विकेट लिएपछि नेपाल २० रनले निराश बनेको हो ।