• २०८१ चैत्र ३ गते सोमवार

अमेरिका र स्कट्ल्यान्डविरुद्ध खेल्ने टोली घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेलाई समेट्दै घरेलु टोली अमेरिका र स्कट्ल्यान्डविरुद्ध हुने आइसिसी विश्वकप लिग–२ को शृंखलाका लागि अन्तिम नेपाली टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गर्दा सन्दीप पनि समेटिएका हुन्। यसअघि उनले भिसाको समस्याका कारण अमेरिकासँग भएको तीन ट्वेन्टी–२० शृंखला खेल्न पाएका थिएनन्। टोलीमा सन्दीप र रोहितबाहेक पुरानै खेलाडीलाई निरन्तरता दिइएको छ।

लामो समयपछि टोलीमा फर्किएका देव खनालसँगै सागर ढकाल भने रिजर्भ मा छन्। नेपालले दोस्रो खेल मंगलबार स्कट्ल्यान्डसँग खेल्नेछ। तेस्रो खेल नोभेम्बर २ मा अमेरिका र चौथो तथा अन्तिम खेल नोभेम्बर ४ मा स्कट्ल्यान्डसँग खेल्दै नेपालले यो शृंखला सक्काउने छ।

नेपाल टोली
रोहितकुमार पौडेल (कप्तानी),अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल,

देव खनाल र सागर ढकाल (रिजर्भ)

प्रतिक्रिया दिनुहोस