• २०८२ जेष्ठ २ गते बिहिवार

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, डडेल्धुरा । पर्शुराम नगरपालिका-१ जोगबुढा घर भई आलिताल गाउँपालिका-३ डाँडाखर्कमा बाख्रा पालन गरी बस्ने ५५ वर्षीय भोज नाथलाई एकनाले भरूवा बन्दुक १ थानसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस