• २०८१ बैशाख १६ गते आइतवार

गगन थापाले संवाद यात्रा पुनः सुरु गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार (१५ चैत) बाट सुरु गर्न लागिएको हो । १३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो ।

बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो । स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए ।

१५ चैतबाट हुने अभियान रोकिएकै स्थानबाट सुरु हुने महामन्त्री थापा निकट नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले जानकारी दिए । नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गरिने उनले जानकारी दिए । १८ गते संसद बैठक भएकाले संवाद यात्रा १७ गतेसम्म हुने गरी कार्यतालिका बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस