फागुन १४, काठमाडौं । लघुवित्त पीडितहरुले संसद भवनभित्र छिरेर नाराबाजी गरेका छन् । संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेका हुन् ।
पीडितहरुले संसद परिसर भित्र नाराबाजी गरेका करिब ५० जनाको संख्यामा रहेका पीडितहरु भित्र प्रवेश गरेका उनीहरुलाई सुरक्षाकर्मीले घेरा हालेर नियन्त्रणमा लिएको छ । पीडितहरुले अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग गरेका छन् ।
देशका विभिन्न ठाउँबाट काठमाडौं आएर लघुवित्त पीडितहरुले राष्ट्र बैंक नजिक प्रदर्शन गर्दै आएका थिए । तर, आज उनीहरुले अचानक बानेश्वरस्थित संसद् भवन परिसरमै पसेर प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । लघुवित्त पीडितहरुले तत्काल लघुवित्त पीडितहरुको ऋण मिनाहा हुनुपर्ने र धितो लिलाम फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै आएका छन् । सरकारलाई समेत उनीहरुले यस विषयमा पटकपटक ध्यानाकर्षण गराएका थिए ।