माघ १२, काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुगेको छ । शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो ।
एक सय ४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कप्तान देव खनालले महत्वपूर्ण अर्धसतक बनाए । ८९ बल सामना गरेको खनालले सात चौकासहित ५८ रन बनाए । नेपालका अर्जुन कुमाल १० र आकाश त्रिपाटी १६ रन जोडेर आउट भए । गुल्सन झा १, विपीन रावल २ र दीपक डुम्रेले ५ रन बनाए । दीपेश कँडेल ४ रन जोडेर आउट भए ।
त्यसअघि दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रन बनाएको थियो ।अफगानिस्तानका लागि एएम गाजानफारले ३७, जम्सिद जार्दन ३, हसान इसाखिल २०, सोहिल खान ४ रनमा आउट हुँदा नूमन साह, खालिद तनिवाल र अलि अहमेद शून्य रनमा आउट भए ।
नेपालका लागि आकाश चन्द एक्लैले ५ विकेट लिँदा दिपेश कँडेलले २ विकेट लिए । गुल्शन झा, तिलक भण्डारी र सुवास भण्डारीले १/१ विकेट लिए ।