• २०८१ फाल्गुन ५ गते सोमवार

नेपाल साफ यू- २० च्याम्पियनसिपको फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौं । नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई पेनाल्टी बचाएका थिए । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो ।

अब नेपालले फाइनलमा भारत र बंगलादेशको विजेतासँग खेल्ने छ । भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल सोमबार हुदै छ ।

प्रतिक्रिया दिनुहोस