• २०८१ मङ्सिर २२ गते शनिवार

नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौ । नेपालले पहिलो टी २० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । नेपालको जितमा सन्दीप जोरा ३६ रन, कुशल भुर्तेलले अविजित ३७ रन र दीपेन्द्रसिंह ऐरीले अविजित २० रनकाे महत्वपूर्ण योगदान गरे ।

प्रतिक्रिया दिनुहोस