• २०८१ बैशाख ४ गते मङ्गलवार

ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, अछाम। अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । अछामका प्रहरीका अनुसार आज बिहान मेल्लेख गाँउपलिका-७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको छ । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको हो । ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो ।

दुर्घटनाको कारण पहिल्याउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस