• २०८१ जेष्ठ ३१ गते बिहिवार

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट :सुदूरपश्चिमलाई बागमतीले हरायाे

खबर24 नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा माथिल्लो मूलपानी क्रिकेट मैदानमा बागमती प्रदेशले  सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराएकाे छ । जितका लागि २४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३०.३ ओभरमा १५० रनमा अल आउट भयो ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनायो । बागमतीका ओपनर आशुतोष घिरैयाले ६२ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन बनाए । कप्तान रित गौतम ६१ बलमा ९ चौकासहित ४४, ईशान पाण्डे २, रविन जोशी २४, अशोक पौडेल ३१, विपिन आचार्य १२, सुर्य तामाङ ९ र प्रतिश जि.सी १७ रनमा आउट भए । सोनु देवकोटा २० बलमा २ चौका र २ छक्कासहित २८ रनमा नट आउट रहे । बागमतीका सूर्य तामाङ र विपिन आचार्यले समान ३ विकेट लिए ।

सुदूरका नरेन भट्ट र किरण ठगुन्नाले समान ४१ रन बनाए पनि टिमको फराकिलो हार टार्न सकेनन् ।  शेर मल्लले १० ओभरमा १ मेडनसहित ५५ रन खर्चेर ३ विकेट लिए । नारायण जोशीले ८ ओभरमा ६८ रन खर्चेर ३ विकेट लिए । विकाश आग्रीले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । मिलन बोहराले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस