• २०८१ जेष्ठ ३१ गते बिहिवार

कामनपाका प्रमुख प्रशासकीय अधिकृत परियारको पद बहाली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले आज पद बहाली गरेका छन् । माघ ३ गतेको मन्त्री परिषदको निर्णय अनुसार उनी राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा परियार नियुक्त भएका थिए ।

यही निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी मधेशी आयोगमा सरुवा भएका छन् । पदवहालीपछि विभागीय प्रमुखहरुसँगको परिचयात्मक कार्यक्रममा उनले, वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नु पर्ने बताए । ‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो । हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ । यसका लागि हामीले काम गर्नु पर्नेछ ।’

सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौंले काम गर्नु पर्ने बताउँदै उनले महानगर गौरब र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस