• २०८१ जेष्ठ ३० गते बुधवार

आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु तथा कुहिरो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका अधिकांश भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर समेत चलेको छ ।

महाशाखाले आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति मुलुकका अधिकांश भागमा मौसम सफा रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना छ ।

मुलुकका विभिन्न भागमा हुस्सु, कुहिरो तथा हिमपात हुनसक्ने भएकाले यसबाट हुने असरबाट जोगिन सबैमा महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस