• २०८१ जेष्ठ ३० गते बुधवार

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

आज भैरहवाको सिद्धार्थनगर रङ्गशालामा बिहान ९ बजे लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी, कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे कोशी र सुदूरपश्चिम प्रदेश तथा मूलपानी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अहिलेसम्म प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लब आफ्ना ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शीर्षस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस