• २०८१ फाल्गुन ७ गते बुधवार

लागु औषध कारोबार गरिरहेका दुई महिला पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ८, सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागु औषध कारोबारी दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज घर भई वीरेन्द्रनगर नगरपालिका–६ बस्ने २९ वर्षीया चन्दा राई र नेपालगञ्ज नै घर भएकी वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २४ वर्षीया चाँदनी राई रहेका छन् ।

उनीहरुलाई वीरेन्द्रनगरस्थित रङ्गशाला नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले बताए । उनीहरुले त्यहाँ लुकिछुपी लागु औषध कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा छापा हानेको थियो ।

उनीहरूबाट ९ ग्राम २१० मिलिग्राम लागु औषध फेला परेको उनले बताए । अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको विश्वकर्माले बताए ।a

प्रतिक्रिया दिनुहोस