• २०८१ बैशाख ४ गते मङ्गलवार

एसईईको तयारी पूरा, ५ लाख विद्यार्थी सहभागी हुँदै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसईई लिँदैछ ।

बोर्डका अनुसार यस वर्षको एसईईका लागि देशभरबाट पाँच लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका छन् । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्लामा पठाइसकिएको बोर्डले जनाएको छ । केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी गरी ७७ हजार जनशक्ति परिचालन गरिँदै छ ।

यस वर्ष एसईई पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा सबै विषयमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस