• २०८१ बैशाख ४ गते मङ्गलवार

बाँकेमा ट्राफिक सप्ताह सुरु

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आमसर्वसाधारणमा ट्राफिक सचेतना अभिबृद्धि गर्दै सडक अनुशासन कायम गर्नका लागि सबैलाई प्रेरित गर्न आवश्यक रहेको बताएका छन् ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह २०८० को नेपालगन्जमा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यस्ता अभियानले सडक अनुशासन कायम गर्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने बताएका हुन ।

गृहमन्त्री श्रेष्ठले स्कुटर चालकलाई हेल्मेट हस्तान्तरण तथा सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस गरी ट्राफिक सप्ताहको शुभारम्भ गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा ट्राफिक सप्ताह सुरु गरिएको हो । औपचारिक कार्यक्रम अघि नगरमा प्रभातफेरि निकालिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपी कृष्ण सुवेदीले बताए । उनका अनुसार ट्राफिक सप्ताहमा सचेतनामूलक कार्यक्रम संचालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस