• २०८१ बैशाख ४ गते मङ्गलवार

बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका २ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोक साविक मल्पीं- ३ का ५० वर्षीय कान्छा लगुन रहेका छन् । उच्च अदालत पाटनले उनीविरुद्ध बैशाख १७ गते बैंकिङ कसुर मुद्दामा चार दिन कैद र तेह्र लाख रुपैया जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका लगुनलाई ललितपुर महानगरपालिका वडा-१२ लगनखेलबाट लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई कैद भुक्तानका लागि काठमाडाैं जिल्ला अदालत पठाएकाे छ ।

प्रतिक्रिया दिनुहोस