• २०८१ मङ्सिर २२ गते शनिवार

बागमती प्रदेश मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, मकवानपुर। मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले चार वटा निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम वा सो सरहको अधिकृतहरुलाई कामकाजमा खटाउने, योजना सम्झौतामा राय÷सहमति प्रदान गर्ने र योजना सम्झौतामा हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि तोकी पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

यस्तै बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन )नियमावली, २०८१ स्वीकृत गर्नेलगायत निर्णय गरेको प्रवक्ता लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस