• २०८१ मङ्सिर २२ गते शनिवार

दैलेखको दुल्लूमा बोक्सीको आरोपमा एक जनाको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, दैलेख । दैलेखको दुल्लू नगरपालिका–१३ मालिकाको खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीको बोक्सीको आरोपमा हत्या भएको छ । भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकले कर्णबहादुरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

आफूलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै हिजो बेलुका भुवनसिंहले कर्णबहादुरको घरमै पुगी हत्या गरेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लालबहादुर सुनारले बताउनुभयो । कर्णबहादुरको शव दुल्लू अस्पतालमा पोस्टमार्टम गरिएको र आरोपित भुवनसिंह बिकलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इन्स्पेक्टर सुनारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस