चैत८, काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ ।आज संसद् सचिवालय सिंहदरवारमा भएको भेवार्तामा अध्यक्ष दाहाललाई सभामुख घिमिरे बधाई दिएका थिए ।
दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएपछि सभामुखसँग पहिलो पटक औपचारिक भेट हो । दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन् ।