• २०८१ चैत्र २ गते आइतवार

यू–१९ विश्वकपः नेपाललाई जितका लागि ३०३ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौं । आइसीसी यू–१९ विश्वकपमा क्रिकेट प्रतियोगितामा नेपालले जितका लागि ३०३ रनको लक्ष्य पाएको छ । इस्ट लण्डनमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनायो ।

न्युजिल्यान्डका लागि सेन्हिथ रेड्डीले १४७ रनको शतकीय पारी खेले । १२५ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै कप्तान ओस्कर ज्याक्सनले ७५ रनको अर्धशतकीय पारी खेले । ८१ बले खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे । न्युजिल्यान्डका टोम जोनेसले ३३ रन बनाउँदा लुक वाट्सनले १४ रन बनाए ।

नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिए । त्यस्तै गुलशन झाले दुई विकेट लिँदा दिपेश कण्डेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस