• २०८१ असार ३ गते आइतवार

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् ।

कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।

बरामद भएको केही सुन अर्धठोस अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस