• २०८१ बैशाख ४ गते मङ्गलवार

झापामा लागु औषधसहित सात जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, झापा । झापामा लागु औषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् । प्रहरीले बाह्रदशीबाट तीन जना र गौरा दहबाट चार जनालाई एकै दिन पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राज गढबाट खटिएको प्रहरी टोलीले मङ्गलवार बेलुका ५ बजे बाह्रदशी गाउँपालिका–२ स्थित बिरिङ पुलमा मे ७ प १०२७ नम्बरको मोटरसाइकलमा सवार चालक झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २६ वर्षीय मोहम्मद हुसेन र २१ वर्षीय मञ्जीर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मङ्गलवार अपराह्न साढे ४ बजे गौरादह नगरपालिका–१ का २८ वर्षीय विशाल सुब्बा, सोही ठाउँका २६ वर्षीय सुजन अधिकारी, ३५ वर्षीय राजकुमार ताजपुरिया र २८ वर्षीय कुमार तामाङलाई ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरू साथबाट ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो । ब्राउन सुगरसहित पक्राउ परेका सात जनालाई आवश्यक कारबाहीका अनुसन्धानमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस