• २०८१ जेष्ठ ३० गते बुधवार

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, कञ्चनपुर। भिमदत्त नगरपालिका-४ स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा बेदकोट नगरपालिका-९ बस्ने ३० वर्षीय गोपाल बहादुर भण्डारी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ९४ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस