• २०८१ जेष्ठ ३१ गते बिहिवार

यू–१९ विश्वकप क्रिकेट : इंग्ल्याण्डको सहज जित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ मा शुक्रबार इंग्ल्यान्डले विजयी सुरुवात गरेकाे छ । समूह बी को खेलमा इंग्ल्यान्डले स्कटल्यान्डलाई ७ विकेटले हरायो ।

१७५ रनको लक्ष्य इंग्ल्यान्डले २६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा ओपनर तथा कप्तान बेन म्याकिन्नीले ६८ बलमा १२ चौका र ३ छक्कासहित सर्वाधिक ८८ रन बनाए । अर्का ओपनर जेडन डेनलीले ४० र नोआह थैनले २२ रन बनाए । स्कटल्यान्डका इब्राहिम फैसलले २ र एदी हेग्डेले १ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४९.२ ओभरमा १७४ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका ओपनर जेमी डंकले ७० बलमा ३ चौकासहित ४० तथा कप्तान ओवेन गोल्डले ६१ बलमा ५ चौका र १ छक्कासहित ४८ रन बनाए । इंग्ल्यान्डका फरहान अहमद र ल्यूक बेंकेस्टीनले ३–३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस