• २०८१ जेष्ठ ३१ गते बिहिवार

यू-१९ विश्वकप : दक्षिण अफ्रिकाको विजयी सुरुवात

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा घरेलु टोली दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेकाे छ । शुक्रबार राति सकिएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले हरायो ।

जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४०.१ ओभरमा ३१ रनमा अल आउट भयो । वेस्टइन्डिजका विकेटकिपर जेवेल एन्ड्रयुले ९६ बलमा १४ चौका र ३ छक्कासहित १३० रनको सानदार शतकीय इनिङ खेले पनि जिताउन सकेनन् । दक्षिण अफ्रिकाको जितमा क्वेना माफकाले ९.१ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । राइली नर्टनले ३ विकेट लिए ।

त्यसअघि सेन्वेस पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । मध्यक्रमका ब्याटर डेवान मारिसले ३८ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रन बनाए । कप्तान जुआन जेम्श ४७, डेविड टिगर ४४ र लुआन ड्रे प्रिटोरियसले ४० रन बनाए । वेस्टइन्डिजका नाथन सेलीले सर्वाधिक तीन विकेट लिए । नाथन एडवार्ड र डेशावन जेम्सले २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस