• २०८१ चैत्र १३ गते बिहिवार

दाेस्राे क्वालिफायरमा जनकपुरले टस जित्याे, कर्णालीलाई ब्याटिङकाे निम्ताे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ४, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे दाेस्राे क्वालिफायरमा कर्णाली याक्ससँगकाे खेलमा जनकपुर बाेल्ट्सले टस जितेकाे छ । जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन् ।

यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको हाे । हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ । हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस