• २०८१ मङ्सिर २३ गते आइतवार

गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन, १५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौं ।  सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन भएको छ । मंगलबार देशकै प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार बाहिर निषेधित क्षेत्र तोडेर गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन भएपछि १५ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसनिकट नेविसंघले प्रदर्शन गरेको हो । सो क्रममा नेविसंघका १५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् ।

गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर नेविसंघका नेता तथा कार्यकर्ताले सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस