• २०८१ असार ९ गते शनिवार

ललितपुरका यी स्थानमा शुक्रबार विद्युत् सेवा अवरुद्ध हुने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौं । ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

प्राधिकरण अनुसार चापागाऊ फिडर पाटनले चिवहाल गेटदेखि सिमाको चोकसम्म चापागांऊ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द हुनेछ ।

विद्युत् सेवा गोदावरी नगरपालिकाको वडा नम्बर ११, १२ १३, ५ र ६ लेले, टिकाभैरव, नल्लु चापागाउ, टाखेल, ठेचो, झरुवारासि लगायतका स्थानहरुमा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

b

प्रतिक्रिया दिनुहोस