• २०८१ भाद्र २५ गते मङ्गलवार

नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, बाँके । नेपालगञ्ज  क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ ।  कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिए ।

उनले कोहलपुर–नेपालगञ्ज र धामपुर नयाँ सर्किट जडान भएको उल्लेख गर्दै विद्युतको  मागअनुसार आपूर्ति गरिएको बताए ।यसअघि ३० मेगावाट क्षमता मात्रै रहेको  अब यसको क्षमता ४० मेगावाट पुगेको छ ।  “घरायसी प्रयोजनका लागि नै जोडेको हो र यसले नेपालगञ्जमा गर्मीबाट धेरै राहत मिलेको छ”, इन्जिनियर लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस