• २०८१ जेष्ठ ३० गते बुधवार

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको लगातार तेस्रो जित

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ४, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई एक सय आठ रनले पराजित गरेको छ । तीन खेल खेलेको सुदूरपश्चिम प्रदेशको यो लगातार तेस्रो जित हो ।

सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय एक रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने ३०.२ ओभरमा अलआउट हुनुअघि ९३ रनमात्र बनाउन सक्यो ।

गण्डकी प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । माथिल्ला चार ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आश्विनी राणाले २५ रन बनाए । उनले ६७ बलमा चार चौका हिर्काए । आठौँ नम्बरका ब्याट्सम्यान कमल परियारले टोलीको खातामा २२ रन थपे । उनले ४९ बलमा एक छक्का र तीन चौका हिर्काए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । ओपनर समीर कँडेल आठ र रोशन गौतम दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल एक्लैले पाँच विकेट लिए । उनले ८.२ ओभरमा एक मेडन राख्दै २३ रन खर्चिएका थिए । गजेन्द्र बोहराले पनि दुई विकेट हात पारे । भोजराज भट्ट, मिलन बोहरा र नरेन साउदले एक–एक विकेट लिए ।

७२ रनको कुल स्कोरमा ६ विकेट गुमाएको सुदूरपश्चिम प्रदेशको स्कोरलाई सातौँ नम्बरका ब्याट्सम्यान किरण ठगुन्नाले र आठौँ नम्बरका ब्याट्सम्यान नारायण जोशीले एक सय ४७ रनको स्थितिसम्म डो¥याएका थिए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । गण्डकी प्रदेशका बलर बिपिन खत्री र अंकित न्यौपानले तीन–तीन विकेट लिए । यसका अतिरिक्त कमल परियार र अमृत गुरुङले पनि दुई–दुई विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस