• २०८१ जेष्ठ ३० गते बुधवार

यू–१९ राष्ट्रिय महिला टिमको घोषणा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यू–१९ राष्ट्रिय महिला टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्ने युवा महिला टिमको घोषणा गरेका हुन् ।

नेपालले आगामी आगामी फेब्रुअरी २ देखि ८ सम्म ढाकामा साफ च्याम्पियनसिप खेल्दैछ । नेपालले फेब्रुअरी २ मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।

नेपाली टिम
गोलकिपर : सुजता तामाङ, करुण बुढाथोकी, लिला जोशी
डिफेन्डर : दिब्या मगर, सिता रोकाया, रोजिता विष्ट, सरिता नाथ, गंगा रोकाया, सिम्रन राई, माया मास्के
मिडफिल्डर : बिर्सना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशिला केसी, भावना परियार, पुनम चेम्जोङ
फरवार्ड : सिनु परियार, सुक्रिया मिया, वर्षा वली, लिला चन्द, पुर्णिमा राई, समिक्षा मगर, सजिना स्याङतान

प्रतिक्रिया दिनुहोस