• २०८१ फाल्गुन ७ गते बुधवार

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात, एक पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, बागलुङ। बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा हातपात गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गरिरहेको बागलुङ प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस