• २०८२ बैशाख १६ गते मङ्गलवार

गृहले बनायो प्रहरी कर्मचारी समायोजन समिति

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, काठमाडौं । गृह मन्त्रालयले प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ। शुक्रबार गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दे प्रहरी समायोजनका लागि समिति गठन गरी काम थालिसकेको बताएका हुन्।

गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयकै नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव, प्रहरी प्रधान कार्यालयका डिआइजी र मन्त्रालयका उपसचिव सदस्य तथा मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य रहने गरी ५ सदस्यीय प्रहरी समायोजन समिति गठन गरेको हो ।

गृहले बनायो प्रहरी कर्मचारी समायोजन समिति :: सेतोपाटी संवाददाता :: Setopati

प्रतिक्रिया दिनुहोस