• २०८१ फाल्गुन ७ गते बुधवार

सुनको मुल्यमा नयाँ कीर्तिमान : तोलाको १ लाख ६१ हजार आठ सय रुपैयाँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौं । सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको मुल्य एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ६१ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

दशैँ बिदापछि कारोबार भएको पहिलो दिन हिजो सुनको मुल्य तोलामा १ लाख ६० हजार पाँच सय रुपैयाँमा रहेको थियो । यसअघि यही असोज १८ गते सुनको मुल्य तोलामा १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको मुल्य पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको एक हजार नौ सय २५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस