• २०८१ जेष्ठ ३० गते बुधवार

डीडीसीका महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालोमोसो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जिव झामाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यकक्षमै दुर्व्यवहार गरेका छन् । शुक्रबार बिहान १० बजे कार्यालय खुलेपछि क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले महाप्रबन्धक झामाथि उनकै कार्यकक्षमा पुगेर कालो मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।

दुध बेचेको करिब १७ करोड रूपैयाँ दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डीडीसीले किसानबाट दुध खरिद गरेको ८५ करोड रूपैयाँ बक्यौता तिर्न आलटाल गरेको, कर्मचारीको सरुवा-बढुवामा आर्थिक लाभ लिएको, महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड घाटामा लगेकोलगायतका आरोपमा झालाई कालोमोसो दलिएको क्रान्तिकारी युवा संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस