• २०८१ जेष्ठ ३१ गते बिहिवार

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुनेछ ।

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न÷गराउने आवश्यक व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

निर्वाचन आयोगका अनुसार, नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पदधारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस