मंसिर ३०, काठमाडौं । इजरायलले गाजामा गरेको आक्रमणमा दीर अल बलाह शहरका मेयरसहित २२ जनाको मृत्यु भएको छ ।
हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको इजरायली डिफेन्स फोर्स (आईडीएफ) र हमास दुवैले पुष्टि गरेका बीबीसीले जनाएको छ । दीर अल बलाह शहरमा मात्रै १३ जनाको मृत्यु भएको छ ।
यस्तै एउटा विद्यालयमा भएको आक्रमणमा एक शिशु र शिशुकी आमासहित सात जनाको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गएको वर्ष अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा एक हजार दुई जनाको मृत्यु भएको थियो । त्यसपछि इजरायलले गाजामा शुरू गरेको आक्रमणमा ४४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।