• २०८१ जेष्ठ ६ गते आइतवार

कैलालीमा नहरको इन्टेकमा बालक मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

धनगढी, २ जेठ । कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन्। लम्कीचुहा नगरपालिका–२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन।

जानकी गाउँपालिका–९ सुकुम्वासी टोलका राजु सुनारको घरको आगनमा खेल्नेक्रमा बालक बेपत्ता भएका थिए। खोजतलाशको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस