असार ३०, बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेको कमान्डमा गएको टोलीले आज बिहान जिल्ला बाँके खजुरा गाउँपालिका ८ हुँदै अवैधरुपमा नेपालगन्ज भित्र्याइएका १६०० सय वटा कुखुरा बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी बाँकेका अनुसार बरामद गरिएका १ लाख ६० हजार रुपैयाँ बराबरका १६००सय कुखुरालाई आबश्यक कारबाहीका लागि पशु क्वारेनटाइन नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।