• २०८१ बैशाख ४ गते मङ्गलवार

रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं । रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै पछिल्लोपटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको मृत्यु भएको पुष्टि गरेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस