• २०८१ जेष्ठ ३० गते बुधवार

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले गण्डकी प्रदेशलाई ७ विकेटले हरायाे

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको हो ।

शिद्धार्थ रंगशालामा गण्डकीले दिएको १२३ नरको लक्ष्य पछ्याएको कर्णालीले ३३ ओभर २ बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीका लागि हिमान्सु शाहीले ५३ रनको अर्धशतकीय पारी खेले । ७१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै निश्चल रावलले २९ रन बनाउँदा कप्तान रविन्द्र शाहीले २० रन बनाए । गण्डकीका लागि अंकित न्यौपानेले दुई विकेट लिए । त्यस्तै विपिन खत्रीले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।

गण्डकीका लागि अम्रित गुरुङ र कमल परियारले समान २१–२१ रन बनाए । त्यस्तै आश्विन रानाले १६ रन बनाउँदा चन्द्र पौडेलले १४ रनको योगदान गरे । कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दिपेन्द्र शाहीले दुई–दुई विकेट लिए । त्यस्तै प्रकाश जैसी, दिवन पुन र रविन्द्र शाहीले एक–एक विकेट लिए ।

जितसँगै कर्णालीले १ खेलबाट २ अंक जोडेको छ । यता गण्डकीको यो दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस